सरकारी कार्य सूचना प्रविधिसँग जोड्न प्रयास भइरहेको छ : सचिव अर्याल



sf7df8f}F, !( j}zfv . k|ljlw kqsf/ d~råf/f k|sflzt …k|ljlwÚ gfds s[lt ljdf]rg ug]{ qmddf /f]a6{sf] ;xoftfaf6 ;~rf/ tyf ;”rgf k|ljlw ;lrj a}s’07 cof{n ;dIf k’¥ofOFb} . t:jL/ M s[i0f/fh uf}td, /f;;

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव वैकुण्ठ अर्यालले आफ्नो कार्यालयको ९० प्रतिशत कार्य डिजिटल प्रणालीबाट (प्रविधिमैत्री) गर्न थालिएको बताउनुभएको छ ।

प्रविधि पत्रकार मञ्चद्वारा प्रकाशित ‘प्रविधि’ नामक कृति विमोचन गर्ने क्रममा उहाँले सूचना प्रविधिको विकास छिटो हुने र दैनिक जीवनमा सहजता ल्याउने हुँदा सरकारी कार्य प्रणालीलाई सूचना प्रविधिसँग जोड्न प्रयास भइरहेको बताउनुभयो । सरकारले निजी क्षेत्रको सहकार्य र समन्वयमा प्रविधि क्षेत्रको विकासमा सहयोग गर्ने उल्लेख गर्दै उहाँले समग्र बिजनेस प्रणालीलाई डिजिटल बनाउन सकिएमा उत्पादनका साथै वितरण प्रणाली सहज बनाउन सकिने बताउनुभयो ।

नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले कुनै समय इन्टरनेट र टेलिफोन दुवैलाई विलासी सेवाका रूपमा लिइने गरेको भए पनि अहिले ती अति आवश्यक सेवाका रूपमा परिवर्तन भएको चर्चा गर्दै यस क्षेत्रको समग्र विकासका साथै नियमनका लागि प्राधिकरण स्थापना गरिएको बताउनुभयो । यस क्षेत्रका विज्ञबाट डिजिटल नेपाल निर्माणका प्रावधान तथा यसलाई थप व्यवस्थित बनाउनेबारे सुझाव दिइएको उक्त समारोह रोर्बटको सहायताबाट उद्घाटन गरिएको थियो ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ६ : १२ बजे