कुनै वहानामा ठूला भौतिक पूर्वाधार विकासमा अवरोध नगरौं



सर्वोच्च अदालतले बाराको निजगढमा अन्तराष्ट्रिय विमानस्थल नबनाउन परमादेश जारी गरेपछि अदालतको कार्यक्षेत्रमाथिको वहस जारी छ । वातावरणीय प्रभावका दृष्टिकोणले त्यहाँ विमानस्थल बनाउन उपयुक्त नहुने भन्दै रिट परेपछि अदालतले अन्य उपयुक्त स्थानमा अन्तराष्ट्रिय विमानस्थल बनाउन आदेश दियो । अर्थात् अर्को अन्तराष्ट्रिय विमानस्थल चाहिदैंन भनेन तर निजगढमा चाँही बनाउन उपयुक्त हुँदैन भन्यो । सरकारले ठूलै रकम खर्च गरेपछि अदालतले उक्त आदेश दिएपछि स्वभाविक रुपमा यसमा पक्ष र विपक्षमा वहस भइरहेका छन् ।
यसलाई दुई कोणबाट हेरिनुपर्छ । नेपालमा एउटा ठूलो विमानस्थल आवश्यक छ भन्नेमा राजनीतिक दलहरु र नागरिक सवै सहमत देखिन्छन् । निजगढको छनौट त्यसै आधारमा भएको हो । निजगढमा विमानस्थल बन्दा यो दक्षिण एसियाकै एक ठूलो विमानस्थल बन्छ । जसले स्वभाविक रुपमा नेपाललाई उडड्यन क्षेत्रमा नयाा सम्भावना खुल्छ । त्यसमार्फत् पर्यटन क्षेत्रमा ठूलो योगदान पुग्छ । अर्को, निजगढ एउटा एसियाको एउटा एभिएसनको हव बन्न सक्छ । त्यो सँगै आउने चक्रवर्ती विकासलाई पनि हेर्नुपर्छ
तर विकास वातावरणीय विनासको मुल्यमा होइन । फेरी उक्त विमानस्थल क्षेत्रमा रहेका रुखहरु काट्दैमा वातावरणमा प्रतिकूल प्रभाव पर्छ भन्ने होइन । रुखहरु काटेपनि रोप्न सकिन्छ । तर रुखहरु काट्ने र त्यसले वातावरणमा विनास गर्छ भन्ने मुद्दालाई एकोहोरो ढंगमा उठाई विमानस्थलनै बनाउनु हुँदैन भन्ने जुन नियोजित प्रचार छ, त्यो गलत छ । यसमा भूराजनीतिक प्याक्टर कति छ, त्यो प्रष्ट छैन । तर जसरी एकपक्षले भारतको निर्देशनमा विमानस्थल बनाउन रोकियो भन्ने प्रचार गरेको छ, त्यस्तो अवस्था हो भने त्यो दुर्भाग्यपूर्ण हुन्छ ।
त्यसैले वातावरणलाई संरक्षण गर्दै ठूला पूर्वाधार निर्माणमा नेपाल लाग्नुपर्छ । पूर्वाधारविना विकास गर्न सकिदैंन । बिभिन्न वहानामा ठूला भौतिक संरचना र पूर्वाधार निर्माणमा अवरोध गर्ने हो भने त्यसले विकास र समृद्धिको राष्ट्रिय आकाक्षा प्राप्त हुन सक्दैन । आज मलेसिया, ंिसगापुर, दक्षिण कोरिया, जापान जस्ता मुलुकले गरेको विकासको मुल आधार भने पूर्वाधारको निर्माण नै हो । त्यसतर्फ सवैको ध्यान जान आवश्यक छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७९, आइतबार  ५ : ०१ बजे