जनार्दन शर्मामाथि छानविन समितिको म्याद एक साता बढ्यो




दृष्टान्त – अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको म्याद ७ दिन थपिएको छ । समिति सम्वन्धित व्यक्तिहरुसँग सोधपुछकै क्रममा रहेकाले एक साता म्याद बढाउन आग्रह गरे वमोजिम थपिएको हो ।

अर्थमन्त्री शर्मामाथि आर्थिक वर्ष २०७९÷८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गराएको आरोप छ । यो विषय सार्वजनिक भएपछि प्रतिनिधिसभाले छानबिनका लागि विशेष समिति गठन गरेको थियो ।
सुरुमा १० दिनको समय पाएको समितिले काम नसकेपछि पुनः ७ दिन थप भएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले उक्त समितिको म्याद ७ दिन थप गर्ने प्रस्ताव प्रतिनिधिसभामा राखेका थिए । त्यसलाई बैठकले अनुमोदन गरेको हो ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  ६ : ५४ बजे