वासिङ्टन, ६ भदौ (रासस÷सिन्ह्वा) : दासप्रथा ‘अमेरिकाको मौलिक पाप’ भएको अमेरिकी राष्ट्रपति जो बाइडनले बताउनुभएको छ ।
शनिबार एक विज्ञप्ति जारी गर्दै उहाँले भन्नुभएको छ, “४०० वर्षभन्दा अघि, २० जना दास बनाइएका अफ्रिकीहरूलाई जबर्जस्ती संयुक्त राज्य अमेरिकाको एउटा किनारामा ल्याइएको थियो ।” “त्यसपछिका शताब्दिहरूमा लाखौं मानिसहरू चोरी भए र बेचिए, जुन दासत्वको प्रणालीको एक भाग हो जुन अमेरिकाको मौलिक पाप हो ।”
ह्वाइट हाउसले संयुक्त राज्य अमेरिकामा अगस्ट २० लाई दासत्व स्मरण दिवसको रूपमा मनाउने प्रयासलाई मान्यता दिन एक विज्ञप्ति जारी गरेको छ । अमेरिकी सिनेटर एलिजाबेथ वारेन र सांसद अल ग्रीनले गत वर्ष दासत्व स्मरण दिवस मनाउन संयुक्त प्रस्ताव पेश गरेका थिए । १७ औं र १८ औं शताब्दीको दौडान, लाखौं मानिसहरूलाई अफ्रिकाबाट अपहरण गरियो र अमेरिकी उपनिवेशहरूमा तम्बाकू र कपास जस्ता नगदे बालीहरू उत्पादन गर्न बाध्य पारियो ।
उन्नाइसौं शताब्दीको मध्यसम्ममा, संयुक्त राज्य अमेरिकामा पश्चिमतिरको विस्तार र उन्मूलन आन्दोलनको एक उल्झनले दासत्वको बारेमा भयङ्कर बहसहरू उक्सायो जसले रक्तपातपूर्ण गृहयुद्धमा राष्ट्रलाई विभाजित ग¥यो । यद्यपि युनियनको विजयले अमेरिकाभरका लाखौं दासहरूलाई मुक्त गरेको छ, दासत्वको नकारात्मक विरासत अझैपनि अस्तित्वमा रहेको छ । यो जातिवाद र भेदभावको रूपमा पनि समावेश रहेको र आज पनि गम्भीर समस्याका रूपमा रहेको छ ।
प्रतिक्रिया