शोभराजलाई नेपाल आउन नपाउने गरी ‘डिपोर्ट’ गरिदैं




काठमाडौँ — दुई दशकदेखि हत्या अभियोगमा कैद भुक्तान गरिरहेका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई नेपाल आउन नपाउने गरी ‘डिपोर्ट’ गरिने तयारी भएको छ । सर्वोच्च अदालतको बुधबारको आदेशबमोजिम शोभराज शुक्रबार कारागारबाट मुक्त हुँदैछन् ।


केन्द्रीय कारागारमा रहेका उनलाई शुक्रबार रिहा गरी अध्यागमन विभागको जिम्मा लगाइदैंछ ।
नेपालमा अपराध गरेका विदेशी नागरिकलाई समय तोकेरै नेपाल फर्कन रोक लगाउन सकिन्छ । त्यसै अनुसार, शोभराजलाई आउनै नपाउने गरी डिपोर्ट गर्न लागिएको हो ।

अध्यागमन विभागका अधिकारीहरुले कारागारको पत्र अध्ययनपछि डिपोर्टको प्रक्रिया अघि बढाइने बताएका छन् । शोभराजले तत्काल फ्रान्स नफर्की नेपालमै केही समय बस्ने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् । उनले १० दिन गंगालाल अस्पतालमा बसेर उपचार गराउने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् ।

‘विकिनी किलर’ नामबाट परिचित शेभराज २०६० मा पक्राउ परेका थिए । अदालतबाट दोषी ठहर भएपछि उनले करिब दुई दशक नेपालको जेलमा बिताइसकेका छन् ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ११ : १४ बजे