युक्रेनले ४५ वटा रूसी ड्रोन खसालेको दावी


रासस

१७ पुस २०७९, आइतबार  

95
Shares

युक्रेनले नयाँ वर्षको अवसरमा पश्चिमा समर्थित देश लेबनानले रातारात ४५ वटा रूसी ड्रोन खसालेको दावी गरेको छ ।

नयाँ वर्षको पूर्वसन्ध्यामा मस्कोले कीभ र युक्रेनका शहरहरूमा क्षेप्यास्त्र र ड्रोनबाट आक्रमण गरेको थियो । युक्रेनको वायु सेनाले एक विज्ञप्ति जारी गर्दै ४५ वटा ‘शाहेद’ ड्रोन नष्ट गरेको जनाएको छ । सन् २०२२ को अन्त्यमा १३ र नयाँ वर्षमा थप ३२ वटा ड्रोन खसालेको विज्ञप्तिमा उल्लेख छ ।

युक्रेनी अधिकारीहरूले केही ड्रोनहरू उनीहरूको लक्ष्यमा पुगे वा पुगेनन् भन्नेबारे केही बताएका छैनन् । कीभ प्रहरी प्रमुख एन्ड्री नेबिटोभले रूसी भाषामा ‘नयाँ बर्षको शुभकामना’ लेखिएको ड्रोनको भग्नावशेषको तस्बिर फेसबुकमा पोस्ट गर्नुभएको छ । उहाँले लेख्नुभएको छ, “‘आतङ्ककारी राज्य’ र यसको सेनाको बारेमा तपाईंले जान्नैपर्ने कुरा यही हो ।”

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि आक्रमण गरेको ११ औँ महीनामा प्रवेश गरेका समय उक्त आक्रमण भएको हो । शृङ्खलाबद्ध सैन्य पराजयपछि रूसले अक्टोबरमा युक्रेनको पूर्वाधारलाई निशाना बनाउन थाल्यो, जसले गर्दा लाखौं मानिस चिसो र अँध्यारोमा परेका छन् ।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  १० : ३८ बजे