विमान दुर्घटनाः सबै शव सङकलन भइसकेपछि मात्रै पहिचान थालिने



पोखरामा भएको यति एयरलायन्सको जहाज दुर्घटनामा परी मृत्यु भएकाको शव सबै सङ्कलन भएपछि मात्रै पहिचान गर्न थालिने भएको छ ।

मृतकहरूको शव निकालेर गण्डकी हस्पिटलमा लगिएको र सबै सङ्कलन भएपछि मात्रै पहिचान थालिने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा भरत खत्रीले जानकारी दिनुभयो ।

दुर्घटनाग्रस्त जहाजमा यात्रारतमध्ये हालसम्म ६० जनाको शव सेती खोँचबाट निकालिएको छ भने ३१ वटा हस्पिटलमा लगिसकिएको छ । कठिन भौगोलिक अवस्थितिका कारण केही शव क्रेनको प्रयोग गरी निकाल्ने प्रयास भइरहेको छ ।—

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ६ : ११ बजे