भारतद्वारा १७ पाकिस्तानी बन्दीलाई रिहा



भारतले जेल सजाय पूरा गरेका १७ जना पाकिस्तानी नागरिकलाई शुक्रबार रिहा गरेको छ ।

नयाँ दिल्लीस्थित पाकिस्तानी उच्चायोगले यसबारे पुष्टि गरेको छ। उनीहरूलाई अटारी-वाघा सीमानाबाट रिहा गरिएको थियो । सो सीमाना भारतको उत्तरी राज्य पञ्जाबको छेउ अवस्थित छ । “हाम्रा प्रयासहरू भारतबाट सबै पाकिस्तानी कैदीहरूलाई उनीहरूको सजाय पूरा भएपछि स्वदेश फिर्ता गर्न जारी रहनेछ,” पाकिस्तानी उच्चायोगले ट्वीटमा उल्लेख गरेको छ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ९ : ४२ बजे