विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड



चीनका राष्ट्रपति सी चिनफिङले विकासको नयाँ ढाँचा स्थापनामा जोड दिनुभएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) केन्द्रीय समितिका महासचिव सीले विकासको नयाँ ढाँचा स्थापनाका साथै सुरक्षाा र विकासका प्रयासलाई बढावा दिनुपर्नेमा जोड दिनुभएको हो । सिपिसी राजनीतिक ब्यूरोको बैठकमा महासचिव सीले विकासको नयाँ ढाँचा स्थापनालाई तीव्र गतिमा अघि बढाउँदै दोस्रो शताव्दीको लक्ष्य हासिल गर्न र विकासका साथै सुरक्षा सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।

उहाँले भविष्यको विकासको प्रयासलाई रणनीतिक योजना बनाएर कार्यसम्पादन गर्न सुझाउनुभयो । चीनको आर्थिक विकासका निम्ति विकासको नयाँ ढाँचा अपरिहार्य भएको उल्लेख गर्दै महासचिव सीले चिनियाँ राष्ट्रको महान् पुनरुत्थानको प्रक्रियालाई निर्वाध अघि बढाउन तथा आधुनिक समाजवादी देशका रूपमा चीनलाई चिनाउने लक्ष्य हासिल गर्नु विकासको नयाँ ढाँचाको उद्देश्य भएको स्पष्ट गर्नुभयो ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ९ : ४२ बजे