माओवादी बैठक : राष्ट्रपतिवारे निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई



काठमाडौं– नेकपा माओवादी केन्द्रले राष्ट्रपति चुनावका सम्बन्धमा अन्तिम निर्णय लिने अधिकार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डलाई दिएको छ । सोमवार बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो ।

बैठकपछि संवाददाताहरुसँग माओवादी प्रवक्ता कृष्णबहादुर महराले पार्टीको हितलाई ध्यानमा राखेर राष्ट्रपति चयनबारे अन्य दलसँग परामर्श अगाडि बढाउने बताए । राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन हुनुपर्छ भन्ने माओवादीको धारणा रहेको समेत उनले सुनाए । ‘यस विषयमा अन्तिम निर्णय लिने अधिकार प्रधानमन्त्री तथा अध्यक्ष प्रचण्डलार्ई बैठकले दिएको छ’ उनले भने ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ७ : ३९ बजे