सर्वोच्च सुनुवाई : बलात्कार आरोपी क्रिकेटर लामिछानेलाई थुनामा पठाउने वा तारिखमा छाड्ने ?



काठमाडौं– बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेलाई थुनामा पठाउने वा तारिखमा छाड्ने भन्ने विषयमा आज सर्वोच्चमा सुनुवाई हुँदैछ ।

आरोपी लामिछानेले ‘क्रिकेट खेल्नका लागि विदेश जान पाउँ’ भनी दिएको निवेदनमाथि सुनुवाइ गरेपछि सर्वोच्चको एकल इजलासले आइतबारका लागि पेशी तोक्न आदेश दिएको हो । अदालतले धरौटीमा रिहा गर्ने पाटन उच्च अदालतको आदेश सदर गरेकामा लामिछाने क्रिकेट खेल्न देशबाहिर जान पाउनेछन् ।

आजको सुनुवाइ उच्च अदालत पाटनले लामिछानेलाई २० लाख धरौटीमा छाड्न गरेको आदेश ठिक थियो कि थिएन भन्नेमा केन्द्रित हुनेछ । सर्वोच्च अदालतले उच्च अदालतको आदेश सदर गरेमा मात्रै ‘आफूलाई विदेश जान अनुमती दिनुपर्ने’ भनी लामिछानेले पेश गरेको निवेदनमा प्रवेश गरी बहस हुनेछ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ८ : ५४ बजे