राष्ट्रिय सभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची



काठमाडौं– राष्ट्रिय सभाको बैठक आज दिउँसो एक बजे बस्दैछ ।

संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ । त्यस्तै, राप्रपा सरकारबाट बाहिरिएपछि सो पार्टीका नेताहरुले सम्हालेका मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैंले सम्हालेका छन् । त्यसबारे राष्ट्रिय सभालाई जानकारी गराउने कार्यसूची पनि छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ९ : १० बजे