कांग्रेससहितका ८ दलले पौडेललाई राष्ट्रपति बनाउन बनाए कार्यदल



काठमाडौं– नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितका ८ दलले राष्ट्रपति निर्वाचनका लागि कार्यदल गठन गरेका छन् ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भूसाल, जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठ छन् ।

जनमत पार्टीबाट अब्दुल खाँ, लोकतान्त्रिक समाजवादीबाट शरतसिंह भण्डारी, नागरिक उन्मुक्तिबाट रञ्जिता श्रेष्ठ र राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी रहेका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ९ : ०७ बजे