चीनमा स्वर्ण र रजत विजेता नेपाली चिया उत्पादकलाई अवार्ड वितरण



काठमाडौँ । चीनको फुचियान प्रान्तमा भएको प्रतिस्पर्धामा स्वर्ण र रजत विजेता नेपाली चिया उत्पादक संस्था तथा ब्राण्डलाई अवार्ड वितरण गरिएको छ ।

फुचियानको फुआन सहरमा सेप्टेम्बर २०–२१, २०२२ सम्म भएको ‘वल्र्ड ब्ल्याक टि क्वालिटी इभ्यालुएसन कम्पिटिसन’मा स्वर्ण र रजत अवार्ड प्रााप्त गर्ने १० चिया उत्पादक संस्थालाई राष्ट्रिय चिया तथा कफी विकास बोर्डले आज एक कार्यक्रम गरी अवार्ड वितरण गरेको हो ।

विश्वका प्रमुख चिया उत्पादक राष्ट्रहरू चीन, भारत, केन्या, श्रीलङ्काजस्ता देशहरूसँग प्रतिस्पर्धा गर्दै यो अवार्ड प्राप्त गरको हो । उक्त प्रतिस्पर्धामा एक संस्थाले ग्राण्ड गोल्ड, पाँच संस्थाले गोल्डेन र चार संस्थाले सिल्भर मेडल जित्न सफल भएका थिए ।
रासस

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  ८ : ४९ बजे