आज तेश्रो राष्ट्रपतिको निर्वाचन, परिणाम साँझ ७ बजेसम्ममा आउने



काठमाडौं– नेपालमा आज तेस्रो राष्ट्रपतिको चयन हुँदैछ ।

संसद भवन नयाँबानेश्वरमा आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् । राप्रपाले मतदानमा सहभागि नहुने निर्णय गरेको छ भने रास्वपाले अहिलेसम्म निर्णय लिएको छैन ।
निर्वाचन सकिएलगत्तै मतगणना सुरु गर्ने र आजै बेलुका ७ बजेभित्र मतपरिणाम सार्वजनिक गर्ने मुख्य निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार  ७ : १५ बजे