राष्ट्रपतिलाई सभामुखको बधाई, सपथग्रहणमा सहभागि हुन नसक्ने जानकारी



काठमाडौं– सभामुख देवराज घिमिरले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएका छन् । सभामुखले राष्ट्रपतिको निजी निवास बोहोराटारमा शुक्रबार बिहान भेटेर कार्यकाल सफलताको शुभकामना दिएका हुन् ।

सभामुख घिमिरेले आफू शुक्रबार साँझ नै अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १४६ औं सम्मेलनमा भाग लिन बहराइनको राजधानी मनामा जान लागेको जानकारी गराएका थिए । आईपीयू सम्मेलनका कारण आफू २९ गते हुने राष्ट्रपतिको शपथमा उपस्थित हुन नसक्ने जानकारी पनि सभामुख घिमिरेल गराएका थिए । राष्ट्रपति पौडेलले भ्रमणको सफलताको शुभकामना दिएका थिए ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ९ : २८ बजे