एमालेबाट उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्य



काठमाडाैँ । नेकपा एमालेले उपराष्ट्रपतिमा पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिवार पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले शाक्यलाई उपराष्ट्रपति उठाउने निर्णय गरेको हो ।

शाक्य बागमती प्रदेशको मुख्यमन्त्री हुन्। हाल उनी नेकपा (एमाले) की उपाध्यक्ष हुन् । पञ्चायती व्यवस्था विरूद्ध लडेकी उनले लामो समयसम्म भूमिगत रहेर काम गरेकी थिइन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ११ : ४७ बजे