उपराष्ट्रपतिमा रामसहाय यादवसहित चारै जनाको उम्मेद्वारी कायम



काठमाडौं– निर्वाचन आयोगले उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका नेता रामसहाय प्रसाद यादवलगायत चारै जनाको उम्मेदवारी कायम राखेको छ ।


राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भइसकेको अवस्थामा उपराष्ट्रपतिमा पनि पुरुष उम्मेदवार कायम हुन नसक्ने भन्दै यादवको उम्मेदवारीविरुद्ध शनिबार एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झाले उजुरी दिएका थिए ।
तर आयोगले आइतबार विहानै यादवको उम्मेदवारी पनि कायम रहने निर्णय गरिसकेको थियो ।

यो संगै आयोगले चारै जनाको उम्मेद्वारी कायम राखेको हो । सत्तारुढ दलहरुले भने आफ्नो आधिकारिक उम्मेद्वार तय गर्न बैठक गरिरहेका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ५ : १७ बजे