उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका रामसहाय यादव निर्वाचित



काठमाडौं । उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा)का रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । आज भएको निर्वाचनमा यादव ३० हजार ३२८ मतभारका साथ उपराष्ट्रपति निर्वाचित भएका हुन् ।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलको समर्थन पाएका उनलाई ३२९ प्रदेशसभा सदस्य र १८४ संघीय सांसदले मत दिएका थिए ।
एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यलाई १६९ प्रदेशसभा सदस्य र १०४ संघीय सांसदले मत दिएका छन् ।

जनमत पार्टीकी उम्मेदवार ममता झालाई १५ प्रदेशसभा सदस्य र २३ संघीय सांसदले मत दिए । उम्मेदवारी फिर्ताको घोषणा गरेकी प्रमिला यादवले एक प्रदेशसभा सदस्यको मत पाएका छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ५ : ०२ बजे