देशविरुद्ध अभियान चल्दा सरकार कानमा तेल हालेर बस्यो : एमाले अध्यक्ष ओली



काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशका विरुद्ध गतिविधि भइरहँदा सरकारले त्यसलाई पूर्णत् बेवास्ता गरेको र विदेशीको सेवा गरेको आरोप लगाएका छन् । उनले एमाले नेतृत्वको सरकार बाहिरिएपछि देशको अर्थतन्त्र बेहाल अवस्थामा पुगेको पनि बताएका छन् ।

विद्युत प्राधिकरण कर्मचारी युनियनको ११ औं महाधिवेशनको उद्घाटनमा उनले यस्तो बताएका हुन् । ‘हामी सरकारबाट हटेको डेढ वर्षमा अर्थतन्त्र र सामाजिक अवस्था कहाँ पुग्यो हुर्नुस्, देशको बेहाल भएको छ । अहिले त अचम्म लाग्छ सरकारको नोटिसमा छ कि छैन ? सरकारले गराएको हो कि होइन ? एउटा, दुई हुँदै एक हुल मान्छे कुद्छ । केही मान्छेलाई थपडी बजाउन पठाइन्छ । यो देश सार्वभौम सत्ता स्वतन्त्र राख्न खोजेको कि विदेशीलाई बुझाइदिन खोजेको हो ? ओलीका प्रश्न छ ।

केही व्यक्तिले यो देशको सन्तान भन्न पनि नसुहाउने देशद्रोही कुरा गरेर हिँडिरहँदा सरकारले केही गर्न नसकेको पनि उनल बताए । ‘सरकारले लगाएको कि लगाउन लगाएको ? सरकार सुन्छ कि सुन्दैन । यही अभियानको जनताले प्रतिवाद गर्न नपरोस् । शान्ति सुव्यवस्था काम राख्न सरकारले ध्यान देओस् । होइन भने राष्ट्रियताको विरुद्ध जनताले प्रतिवाद गर्छ’ उनले चेतावनीको शैलीमा भने ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ५ : ४७ बजे