वैशाख १० मा हुने उपनिर्वाचनका लागि आयोगद्वारा दल दर्ताको आह्वान



काठमाडौं– निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ ।

आयोगले सूचना जारी गर्दै बुधबारदेखि १२ गतेसम्म दल दर्ताको मिति तोकिएको जनाएको छ । आगामी वैशाख १० गते, तनहुँ(१) बारा (२) र चितवन (२) मा प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  ९ : १५ बजे