शेखर कोइराला भन्छन् : संघीयताप्रति वितृष्णा चुलिनु राजनीतिक असफलताको पहिलो खुट्किलो



काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संघीयताप्रतिको वितृष्णा चुलिँदो रहेको भन्दै यसलाई राजनीतिक असफलताको पहिलो खुट्किलो भएको बताएका छन् । उनले देश गम्भीर बिमारी भएको समेत बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सवैतिर निराशा छाएको बताए । उद्यम गर्नेहरु हतास मनस्थितिमा देखिएको, कर तिर्नेहरु निराश रहेको, व्यापारिक शहरहरु उजाड देखिएको उनले बताए ।

‘मैले कर तिर्ने बर्ग निराश भएको पाएँ, उद्यम गरेर टिक्न खोज्नेहरु हतास मनस्थितिमा रहनु हाम्रो राष्ट्र सिकिस्त बिरामी भएको अवस्था हो’, कोइरालाले भने, ‘सबैको ब्यापार घटेको छ । ब्यापार घटेपछि उद्योगको उत्पादन घट्नु सामान्य हो । ब्यापारिक शहर उजाड हुँदैछन् ।’

संघीयताप्रति वितृष्णा चुलिँदो रहेको भन्दै नेता कोइरालाले यो राजनीतिक असफलताको पहिलो खुट्किलो भएको बताए । उनले ढिलो नगरी नागरिकको चाहना अनुसार संसद, सरकार र प्रतिपक्षी दलहरु एक ठाउँमा उभिनुपर्ने धारणा राखे ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  ३ : ४१ बजे