काठमाडौं– उच्च अदालत पाटनले काठमाडौ उपत्यकाका तीन क्याम्पस रत्न राज्यलक्ष्मी, नेपाल कमर्स र पाटन संयुक्त क्याम्पसमा स्ववियु चुनाव गराउन अन्तरिम आदेश दिएको छ । अदालतले क्याम्पससँग चुनाव नगराउनुको कारण पनि माग गरेको छ ।
न्यायाधीश जगदिश घिमिरेको एकल इजलासले स्ववियु चुनाव गराउन अन्तरिम आदेश दिएको हो । विद्यार्थीहरुले दायर गरेको रिटमाथि सुनुवाई गर्दै यस्तो आदेश दिएको हो ।
त्रिभुवन विश्वविद्यालयले चैत ५ मा स्ववियु चुनावको मिति तोकेको थियो । देशभरका धेरै क्याम्पसमा निर्वाचन भएपनि उपत्याकामा यी क्याम्पसमा निर्वाचन भएको थिएन । विद्यार्थी संगठनहरुबीच विवाद भएपछि यी क्याम्पसमा चुनाव रोकिएको थियो ।
प्रतिक्रिया