आजदेखि एसईई परिक्षा सुरु, ४ लाख ८५ हजार ३९६ विद्यार्थी सहभागि हुँदै



काठमाडौं– आजदेखि यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुरु हुँदैछ ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार, ४ लाख ८५ हजार ३९६ जम्मा विद्यार्थी मध्ये छात्राको संख्या २ लाख ४२ हजार ७१२ र छात्रको संख्या २ लाख ४२ हजार ६७४ रहेको छ । सहभागी हुने छात्रा र छात्र विद्यार्थीको संख्या बराबर जस्तै देखिएको छ ।
शुक्रबार बिहान ८ बजेबाट परिक्षा शुरु हुनेछ । त्यसका लागि २ हजार ३७ परीक्षा केन्द्र तोकिएका छन् ।

कार्यालयका अनुसार कुल परीक्षार्थीमध्ये प्राविधिक धारसमेत सञ्चालन भएका ५०५ विद्यालयका १५ हजार ४६१ जना सहभागी हुनेछन् ।

परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायकरसहयोगी कर्मचारी र सुरक्षाकर्मीसमेत गरी जम्मा ७७ हजार ९९२ जना जनशक्ति प्रत्यक्ष रुपमा परीक्षा केन्द्रहरुमा खटिनेछन् ।

परीक्षालाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न सबै प्रदेशका प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको समन्वयमा ७७ वटै जिल्ला परीक्षा समन्वय समितिहरुबाट परीक्षामा खटिने केन्द्राध्यक्ष लगायत जनशक्तिलाई अभिमुखीकरण गरिएको परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ७ : १५ बजे