रविको मुद्दामा आज प्रारम्भिक सुनुवाई हुँदै



काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध नागरिकता दुरुपयोगसम्बन्धी मुद्दा चलाउन माग गर्दै दायर रिटमा आज सुनुवाइ हुँदैछ । युवराज सफलले हिजो दर्ता गरेको रिटमा आज प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिएको हो ।

नेपाली नागरिकता दुरुपयोग गरेर राहदानी लिए पनि लामिछानेविरुद्ध मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णय बदर हुनुपर्ने र उनीमाथि अनुसन्धान गरी मुद्दा चलाउन आदेश हुनुपर्ने माग निवेदकको छ ।

नेपाली नागरिकता त्यागेर अमेरिकाको नागरिकता लिएको र अमेरिका छाडेर नेपाल फर्किएपछि पुनः नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले रविको सांसद पद खारेज गरिदिएको थियो ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ८ : ०३ बजे