इण्डोनेसियामा ६.४ म्याग्नीच्युडको भूकम्प



जकर्ता– इन्डोनेसियाको पश्चिमी प्रान्त उत्तरी सुमात्राको पश्चिम किनारामा सोमबार साँझ ६.४ म्याग्नीच्युडको भूकम्प गएको छ ।

इन्डोनेसियाको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सीले जनाएअनुसार यसबाट तत्काललाई सुनामीको डर देखिएको छैन ।

भूकम्पले पूर्याएको क्षतिको यकिन भएको छैन । अधिकारीहरु अनुसार, ठूलो क्षति भएको छैन ।
भूकम्पको प्रभावबारे विस्तृत जानकारी भने आउँन बाँकी छ ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ८ : १८ बजे