अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्प पक्राउ



काठमाडौं– अमेरिकका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् ।

उनलाई लाई पक्राउ गरी अदालतमा पेश गरिएको छ । ट्रम्पमाथि ३४ आरोप छन् । उनले साताअघि आफू पक्राउ पर्ने बताएका समेत थिए । न्युर्योकस्थित म्यानहटन अदालतले उनको मुद्दा अघि बढाएको छ ।

पोर्न स्टारलाई आफूहरूको सम्बन्ध लुकाउन पैसा दिएको, अवैध सम्पति आर्जन गरेको, राष्ट्रपति भएका बेला महत्वपूर्ण र गोप्य कागजात गायव पारेको, निर्वाचनमा पराजित भएपछि संसद भवनमा गैरकानुनी प्रर्दशन गरेको लगायत थुप्रै आरोप ट्रम्पमाथि लागेका छन् ।

उनले आफूमाथि लागेका आरोपहरु अस्वीकार गरेका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ७ : ५७ बजे