काठमाडौं । आख्यानकार मनिषा गौचनको नयाँ कथा संग्रह ‘प्रतिवहन’ सार्वजनिक भएको छ । साहित्यिक संसारमा कविताका माध्यमबाट पाइला चालेकी गौचनको यसअघि पुरूष वेश्याबृत्तिसम्बन्धी उपन्यास ‘वल्लीको डायरी’ र दृष्टिबिहिनको प्रेम र जीवन झल्काउने उपन्यास ‘ह्वाईट केन’ प्रकाशित छन् । गौचनको यो तेस्रो कृति हो ।
गौचनले ह्वाइट केन प्रकाशित भएको आठ वर्षपछि प्रतिवहन कथा संङग्रह लिएर आएकी हुन् । पुस्तकमा रहेका २१ कथाले नौला, बोधगम्य, सम्प्रेषणीय अनि कुतूहलमय बनाउने छ । समाजको फरक पात्र र कथाहरूलाई आख्यानमा उतार्न सक्षम लेखक गौचन प्रतिबहनमार्फत समाजको घटना दृष्य र कथन समेटिन खोजेकी छन् ।
लेखक गौचनको विशेष अभिरुचि जीवनका संघर्ष, सम्बन्धका जटिलता युगीन यथार्थ, विभेद अनि अपाङ्गता भएका पात्रहरुको संवेदना र अनुभूतिलाई कथाशिल्प दिएकी छन् । गौचनका कथाका अन्तरकुन्तरमा काव्यिक ध्वनी पनि सुनिएका हुन्छन् ।
पुस्तक इन्डिगो इन्कले प्रकाशन गरेको हो ।
प्रतिक्रिया