जग्गाको कित्ताकाट खुला गर्ने सरकारको निर्णय



काठमाडौं– सरकारले जग्गाको कित्ताकाट खुला गरेको छ ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले भूउपयोग नियमावली २०७९ लाई संशोधन गर्दै कित्ताकाट खुला गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन ।

कित्ताकाट खुलाउन घरजग्गा व्यवसायीले सरकारलाई दबाब दिंदै आएका थिए । त्यही दबाबपछि प्रधानमन्त्री प्रचण्डले कित्ताकाट खलाउने बताएका पनि थिए ।

नियमावली नबनेको कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबण्डा रोकिएको थियो । त्यसलाई सहज बनाउनको लागि मन्त्रिपरिषद्ले भू(उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय गरेको मन्त्री शर्माले बताइन ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  १० : ३५ बजे