स्पेनका निर्वासित पूर्वराजा दोस्रो पटक स्वदेश भ्रमणमा



भिगो । स्पेनका पूर्वराजा जुआन कार्लोस सन् २०२० मा अबुधाबी बसाइँ सरेपछि दोस्रो पटक बुधबार स्वदेश फर्किएका छन् ।

च्याम्पियन्स लिगमा चेल्सीविरुद्ध रियल मड्रिडको २–० को जितमा सहभागी हुन उनी लण्डनबाट निजी विमानमा उत्तरपश्चिमी स्पेनको भिगो आइपुगेका हुन् ।

संयुक्त अरब इमिरेट्स (युएई) मा स्वनिर्वासित जीवन बिताएपछि स्पेन फर्कने पहिलो यात्राका क्रममा सन् २०२२ को मे महिनामा उनी नजिकैको सान्जेनक्सो रिसोर्टमा बसेका थिए ।

शाही दरबार र स्पेनको बामपन्थी सरकारले भ्रमणबारे कुनै टिप्पणी गरेनन् भने सरकारका प्रवक्ता इसाबेल रोड्रिग्वेजले ‘यस विषयमा आफूले केही भन्नु नभएको’ बताएका छन् ।
“यो पूर्वराजाको व्यक्तिगत निर्णय हो,” उनले भने ।

गत वर्षको भ्रमणमा विशेष गरी बामपन्थी दलहरूले उनले २०१४ मा गरेको निर्णय आफ्नो छोरा फिलिपको पक्षम भएको प्रचार गरेका थिए । एक टेलिभिजन पत्रकारले आफ्नो व्यवहारको व्याख्या गर्ने कि नगर्ने भनेर सोध्दा उनले के को लागि स्पष्टीकरण दिने भनेर प्रतिप्रश्न गरेका थिए ।

पूर्वराजा यसपटक अझ बढी विवेकशील हुने अपेक्षा गरिएको छ ।

मार्च २०२२ मा स्पेनी अभियोजकहरूले अनियमितताहरू फेला परेको बताए पनि अपर्याप्त प्रमाण र सीमितताको कानूनको कारण उनको वित्तीय अनियमिततासम्बनधी तीन वटा अनुसन्धान बन्द गरेका छन् ।

सन् १९७५ मा लामो समयदेखि तानाशाह जनरल फ्रान्सिस्को फ्रान्कोको मृत्युपछि स्पेनको प्रजातन्त्रमा रूपान्तरणमा उनको भूमिकाका लागि सम्मानित उनको भाग्यमा अस्पष्ट आरोप (खुलासा) ले अपूरणीय क्षति पुर्‍याएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  १० : ४९ बजे