क्युवाका राष्ट्रपति मिगुएल डियाज क्यानेल पुनःनिर्वाचित



हवाना । क्युवाको राष्ट्रिय काङ्ग्रेसले बुधबार क्युवाका राष्ट्रपति मिगुएल डियाज–क्यानेललि पुनःनिर्वाचित गरेको छ ।

डियाज–क्यानेललाई पुनःनिर्वाचित गर्ने ४७० सदस्यीय सभाको यस्तो निर्णय अपेक्षित नै रहेको थियो । सन् २०१८ मा राष्ट्रपति बनेका थिए भने सन् २०२१ मा क्युवाली कम्युनिष्ट पार्टीको प्रथम सचिव बनेका थिए । यी दुवै महत्त्वपूर्ण पदमा पुगेका उनी सन् १९५९ को क्रान्ति पछिको पहिलो गैर–क्यास्ट्रो नेता हुन् ।

राउल क्यास्ट्रोले आधिकारिकरूपमा पदबाट राजीनामा दिए पनि सेनाको जनरलको पद र राष्ट्रियसभा सदस्यका रूपमा भने रहिरह्का छन् । ६२ वर्षीय विद्युतीय इन्जिनियर डियाज–क्यानेलले पदभार ग्रहण गरेदेखि नै क्युबा आर्थिक सङ्कटमा छ ।

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ओबामा प्रशासनको क्युबासँग संलग्नताको नीतिपछि केही कडा आर्थिक प्रतिबन्धमा माथि विमर्ष गरेको सीएनएनले जनाएको छ । यसैबीच महामारीले क्युबाको पर्यटन उद्योगलाई लगभग समाप्त पारेको र गम्भीर खाद्यान्न र औषधि सङ्कटले ग्रस्त छ ।

क्युवाली क्रान्ति पछिको सबैभन्दा ठूलो सरकार विरोधी प्रदर्शन २०२१ जुलाई ११ मा भएको थियो ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहिबार  १० : १७ बजे