संवैधानिक परिषद् विधेयक संसदबाट पारित हुने, सक्रमणकालिन न्यायसम्बन्धी विधेयकमा छलफल गर्न बिशेष समिति
काठमाडौं– प्रमुख तीन दलका शीर्ष नेताबीच संवैधानिक परिषदसम्बन्धी विधेयक संसदबाटै पारित गर्ने सहमति भएको छ ।
त्यस्तै, संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि छलफल गर्न विशेष समिति गठन गर्ने सहमति पनि भएको छ ।
नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताबीच सोमबार भएको छलफलमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगसम्बन्धी ऐनको संशोधन विधेयकमाथि छलफल गर्न संसदीय विशेष समिति गठन गर्ने सहमति भएको हो ।
छलफलमा सहभागी एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले विशेष समिति १५ सदस्यीय हुने जानकारी दिएका छन् । सहमति अनुसार, एमालेले सार्वजनिक लेखा समितिसहित तीन समितिको सभापति पाउनेछ ।
प्रतिक्रिया