श्रीलङ्काको प्रहरीमा महिलाको भूमिकालाई थप प्रभावकारी बनाइँदै



कोलम्बो । श्रीलङ्काका प्रहरी महानिरीक्षक (आईजीपी) चन्दना डी विक्रमरत्नेले प्रहरी विभागमा महिलालाई समान अवसर प्रदान गर्न सुधार कार्यक्रम शुरु गरिएको बताएका छन् ।

संसद्ले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रहरीको वार्षिक कार्यसम्पादनको समीक्षा गरिरहेको संसदीय निगरानी समितिसँगको बैठकमा प्रहरी महानिरीक्षकले उक्त अभिव्यक्ति दिएको जनाएको हो ।

उनले विगतमा प्रहरीको साङ्गठनिक संस्कार महिलाले माथि जानसक्ने खालको नभएको बताए ।

विक्रमरत्नेले दुई हजार ४०० भन्दा बढी महिला प्रहरी हवल्दारको दरबन्दी रिक्त रहेको बताउँदै सुधारसँगै भविष्यमा एक जना महिला आइजिपी समेत हुने बताए ।

सन् २०२३ सम्ममा पदपूर्ति गरिसक्नुपर्ने भए पनि हालको आर्थिक अवस्थाका कारण पदपूर्ति गर्न नसकिएको उनले बताए ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ९ : १७ बजे