तनहुँमा ट्रक घरमा पल्टिदा तीनको मृत्यु, पाँच घाइते



तनहुँमा ट्रक घरमा ठोक्किंदा तीन जनाको मृत्यु भएको छ । पाँच घाइते भएका छन् ।

बुधबार बिहान ९ बजेर २० मिनेटको समयमा ट्रक पल्टिएर नजिककै घरमा ठोक्किएको थियो । बन्दीपुर गाउँपालिका वडा ५ आँधीखोलास्थित पृथ्वी राजमार्ग सडक खण्डमा डुम्रेबाट मुग्लिनतर्फ जाँदै गरेको ना ४ ख १९७३ नं.को ट्रक अनियन्त्रित भई सडकको छेउमा रहेको सुनमाया भुजेलको घरमा ठोक्किएको थियो ।

मृत्यु हुनेमा तनहुँ बन्दीपुर गाउँपालिका वडा १ बस्ने वर्ष १२ को आयुस भुजेल, वर्ष ५० को चेतबहादुर घर्ती र अन्दाजी ६९ वर्षका सनबहादुर भुजेल रहेको प्रहरीेले जनाएको छ ।

दुर्घटनामा घाइते सबैलाई उपचारको लागि चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुर पठाइएको थियो । उपचारकै क्रममा तीनको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ३ : २९ बजे