काठमाडौं– जिल्ला अदालत, काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा सहयोग गरेको आरोपमा पक्राउ परेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौं असूली गरेको गिरोहलाई सहयोग गरेको आरोपमा अनुसन्धान गर्न पक्राउ पूर्जी जारी भएपछि उनले बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंमा आत्मसमर्पण गरेका थिए । त्यसपछि उनलाई प्रहरीले जिल्ला अदालत, काठमाडौं उपस्थित गराएको थियो ।
अदालतले ठगी र संगठित अपराध सम्बन्धी कसूरमा अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
प्रतिक्रिया