आक्रोसित हुँदै आरजु राणाले भनिन् – मेरो लगायत सवै सांसदको सम्पति छानविन होस्

राजनीतिमा सक्रिय भएको पुरुषले देख्न सकेनन्



काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजू राणा देउवाले अहिलेसम्म भएका सबै सांसदको सम्पति विवरण सार्वजनिक गर्न चुनौती दिएकी छन् ।

आज संसदमा आक्रोसित रुपमा प्रस्तुत हुँदै उनले आफूलाई भ्रष्टाचारका मुद्दामा जोडेर प्रचार गरिएकोमा आपत्ति जनाइन । उनलाई पम्फादेवी भन्दै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पम्फादेवीहरु भ्रष्टाचारमा संलग्न भएको आरोप लगाएका थिए ।
राणाले आफू लैगिक विभेदमा परेको र राजनीतिमा सक्रिय रहेको पुरुषहरुले देख्न नसकेको पनि बताइन । नारीले आफ्नो हैसियतमा राजनीति गर्दा पुरुषहरुलाई सैह्य नभएको उनको टिप्पणी छ ।

आफ्नो श्रीमान ६ चोटि प्रधानमन्त्री बनेको र आफूहरुको सम्पत्तिको सबै विवरण सरकारसँग रहेको राणाले बताइन । उनले अहिलेसम्म बनेका सबै सांसदहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न पनि चुनौति दिइन् ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ५ : ५७ बजे