अफगानको उत्तरी सारी पुल प्रान्तमा हतियार भण्डार फेला



सारी पुल । अफगान सुरक्षा बलले उत्तरी सारी पुल प्रान्तमा हतियारको भण्डारण फेला पारेको छ । साथै त्यहाँबाट विभिन्न प्रकारका हतियार र गोला बारुद बरामद गरेको पनि गुप्तचर महानिर्देशनालय (जीडीआइ) ले आइतबार उल्लेख गरेको छ ।

गोप्य सूचनाको आधारम गुप्तचर कर्मचारीहरूले शनिबार सारी पुल प्रान्तमा अपरेशन शुरी गरेको र दुई मोर्टार र हजारौँ गोली सहित थुप्रै हतियारहरू फेला पारेको बताइएको छ । अफगान सुरक्षा बलले पछिल्ला केही दिनहरूमा दक्षिणी उरुजगान र पूर्वी कुनार प्रान्तहरूमा ४० थान राइफलहरू सहित थुप्रै हतियारको भण्डारहरू फेला पारेको छ ।

यस्तै अपरेसनहरूमा सुरक्षा बलले गत हप्ता राजधानी काबुलको प्रहरी जिल्ला १७ मा ठूलै हतियार भण्डार फेला पारेको थियो । अफगानिस्तानको कार्यवाहक सरकारले सुरक्षाकर्मी बाहेक जो कोहीसँग रहेका अवैध हतियार र गोलाबारुद नियन्त्रण गर्ने घोषणा गरेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ९ : ४४ बजे