नेपालका लागि चिनियाँ र अमेरिकी राजदूतबीच नेपाल विकासवारे संवाद



काठमाडौं– नेपालका लागि चिनियाँ राजदूत चेन सोङ र अमेरिकी राजदूत डीन आर थोम्सनले नेपालको विकासका लागि धारणा आदानप्रदान गरेका छन् ।

चिनियाँ राजदूत चेनले अमेरिकी राजदूत थोम्सनलाई भेटेपछि ट्वीटमा यस्तो लेखेका हुन् । ट्विटमा राजदूत सोङले लेखेका छन् ‘महामहिम राजदूत डिन आर थोम्सनलाई भेट्दा खुशी लागेको छ । नेपालको विकासमा कसरी सहयोग गर्नेबारेमा हामीले नोट्सको तुलना गयौं ।’

नेपालमा आफ्ना स्वार्थहरुको संवोधनमा सक्रिय दुवै राजदूतले आफ्ना भेटवार्ताका विवरण ट्वीटरबाट सार्वजनिक गर्दे आइरहेका छन् । महाशक्ति र महाशक्तिउन्मुख राष्ट्रका राजदूतहरुबीचको नेपालको विकासवारेको संवादको परिणाम कसरी अभिव्यक्त हुन्छन् भन्ने प्रतिक्षाकै बिषय छ ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ८ : ४४ बजे