पूर्वगृहमन्त्री बालकृष्ण खाण आफ्नै निवासबाट पक्राउ



काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन् । नेपाली कांग्रेसका नेता समेत रहेका खाणलाई आज विहान उनकै निवासबाट नै पक्राउ गरेको प्रहरी बताएको छ ।

उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएका थिए । दुई दिनअघि खाणलाई बोलाएर प्रहरीले प्रारम्भिक बयान लिएर कागज गरी छाडिएको थियो ।

यसअघि यहि प्रकरणमा पूर्व गृहसचिव टेकनाराण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रिजित राई, टोपबहादुर रायमाझीका छोरा सन्दीप लगायत पक्राउ परिसकेका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  १० : २२ बजे