काठमाडौं– नक्कली भुटानी शरणार्थी काण्डका आरोपी नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । रायमाझीलाई प्रहरीले बुढानीलकण्ठबाट आइतबार साँझ पक्राउ गरेको प्रहरीले श्रोतले जानकारी दिएको छ ।
जिल्ला अदालत काठमाडौंले उनीविरुद्ध २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी गर्दा अर्घाखाँचीमा रहेका उनी त्यसपछि फरार भएका थिए ।
रायमाझीका छोरा सन्दीपलाई भने प्रहरीले वैशाख २० मा नै पक्राउ गरेको थियो ।
प्रतिक्रिया