पार्टीको सुधारमा लेखा परीक्षणको अद्वितीय भूमिका: महासचिव सी



बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव सी चिन फिङले पार्टीको सुधारमा लेखापरीक्षणको अद्वितीय भूमिका रहेको बताएका छन् । पार्टीको आन्तरिक मूल्याङ्कन र पारदर्शितामा जोड दिँदै उहाँले नयाँ युगमा लेखापरीक्षण कार्यको विकास गर्न उच्च गुणस्तरका क्रियाकलाप प्रवद्र्धनका लागि प्रयास गर्न आह्वान गरेका छन् ।

चिनियाँ राष्ट्रपति तथा केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सीले चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ केन्द्रीय समितिअन्तर्गतको केन्द्रीय लेखापरीक्षण आयोगको पहिलो बैठकको अध्यक्षता गर्दै मङ्गलबार उक्त टिप्पणी गरेका हुन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलबार  ९ : ५२ बजे