अमेरिकाका लागि चिनियाँ राजदूत र कूटनीतिज्ञ किसिन्जरबीच भेटवार्ता



वासिङ्टन । संयुक्त राज्य अमेरिकाका लागि चिनियाँ राजदूत झी फेङले शुक्रबार कनेक्टिकटको केन्टमा पूर्व अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरसँग भेट गरेका छन् । चिनियाँ पक्षबाट राजदूतले विशिष्ट कूटनीतिज्ञ डा. किसिन्जरलाई उनको १००औँ जन्मोत्सवको शुभकामना व्यक्त गरेका छन्।

उनीहरूबीच चीन–अमेरिका सम्बन्धका विभिन्न आयाम बारे विचार आदानप्रदान भएको थियो । सो अवसरमा द्वीपक्षीय सम्बन्ध थप मझबुद बनाउँने लगायत अन्तरराष्ट्रिय र क्षेत्रीय मुद्दाहरू बारे पनि छलफल भएको बताइएको छ।

प्रकाशित मिति : १३ जेष्ठ २०८०, शनिबार  २ : ४६ बजे