इरानका राष्ट्रपतिको इजिप्टसँगको सम्बन्ध पुनर्स्थापित गर्न आवश्यक कदम चाल्न आग्रह



तेहरान । इरानी राष्ट्रपति इब्राहिम रायसीले इजिप्टसँगको कूटनीतिक सम्बन्ध पुनःशुरु गर्न आवश्यक कदम चाल्न विदेश मन्त्रालयलाई निर्देशन दिएका छन् ।
इरानी सरकारका प्रवक्ता अली बहादुरी जाहरोमीले मङ्गलबार तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा पत्रकारहरूको प्रश्नको जवाफ दिँदै उक्त टिप्पणी गरेको अर्धसरकारी तस्निम समाचार एजेन्सीले जनाएको छ।

एक दिन अघि मात्रै इरानका सर्वोच्च नेता अली खामेनीले आफ्नो देशले इजिप्टसँगको द्विपक्षीय सम्बन्धको पुनः शुरुवातलाई स्वागत गर्ने र यस सम्बन्धमा कुनै समस्या नभएको बताएका थिए।

उनले ओमानका सुल्तान हैथम बिन तारिक अल सइदसँगको भेटमा उक्त टिप्पणी गरेका हुन् । यसै महिनाको शुरुमा कायरोको भ्रमण सँगै इरानसँगको सम्बन्ध पुनः शुरु गर्न इजिप्टको “इच्छा” व्यक्त गरेका थिए ।

इरान र इजिप्टले सन् १९८० मा कूटनीतिक सम्बन्ध तोडेका थिए। हालका वर्षहरूमा इरानले केही मुद्दाहरूमा मतभेदहरू समाधान गरेर इजिप्टसँग सम्बन्ध सुधार गर्न तयार रहेको घोषणा गरेको छ । गत मार्चमा इरानले अरब राष्ट्रहरूसँगको सम्बन्ध सुधार गर्ने प्रयासको रूपमा द्विपक्षीय सम्बन्धलाई सामान्य बनाउन साउदी अरेबियासँग सम्झौता गरेको थियो।

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलबार  १० : ०९ बजे