भारतीय विदेश सचिव भन्छन: ईपीजी प्रतिवेदनवारे नेपाल र भारतका प्रधानमन्त्रीबीच छलफल भएन



नयाँदिल्ली– भारतीय विदेश सचिव विनयमोहन क्वात्राले नेपाल र भारतका प्रधानमन्त्रीबीच हैदरबाद हाउसमा भएको भेटमा नेपाल भारत प्रवुद्ध व्यक्ति समूहको (ईपीजी) रिपोर्टबारे कुराकानी नभएको जनाएका छन् ।

भ्रमणमा जानुअघि प्रधानमन्त्री प्रचण्डलाई नेपालमा राजनीतिक दल र नागरिकहरुले ईपीजी प्रतिवेदन बुझ्ने बिषयलाई प्राथमिकतामा राख्न आग्रह गरेका थिए । तर प्रधानमन्त्री मोदीसँग छलफलमा प्रधानमन्त्री प्रचण्डले यो विषय नउठाएको भारतीय विदेश सचिवले जानकारी दिएका हुन् ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदबीच हैदराबाद हाउसमा वान अन वान कुराकानी भएको थियो । साथै प्रतिनिधिमण्डल स्तरमा पनि वार्ता भएको थियो । त्यसपछि दुई देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गरे, जहाँ सात सहमति तथा सम्झौता आदान प्रदान भएको छ ।

तर संयुक्त पत्रकार सम्मेलनमा दुबै प्रधानमन्त्रीले ईपीजीबारे बोलेनन् । भेटपछि भारतीय विदेश मन्त्रालयमा गरेको पत्रकार सम्मेलनमा सचिव विनयमोहन क्वात्रालाई ईपीजी रिपोर्टबारे कुराकानी भयो भनेर पत्रकारहरुले प्रश्न गरेका थिए ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  ५ : ४९ बजे