काखोभका बाँध नष्ट



मस्को । काखोभका जलविद्युत बाँध पटकपटकको आक्रमणबाट आंशिक नष्ट भएको छ । दक्षिणी युक्रेनमा मस्को स्थापित अधिकारीहरूले मङ्गलबार यस बारे सार्चजनिक टिप्पणी गरेका हुन् ।

नोभा काखोभका शहरको मस्को(समर्थित प्रशासनका प्रमुख भ्लादिमिर लियोन्टिएभले रातभरि “काखोभका बाँधलाई लक्षित गरी थुप्रे आक्रमणू भएको र बाँधको गेट भल्भहरू ध्वस्त पारिएको छ त्यसबाट पानीको”अनियन्त्रितू प्रवाह भइरहेको छ ।

युक्रेनको बाँध भङ्गले ‘रुसको युद्धको क्रूरता’ देखाउँछः नेटो प्रमुख
नेटो महासचिव जेन्स स्टोल्टेनबर्गले युक्रेनको मुख्य बाँधको “अपमानजनक” उल्लङ्घन (आक्रमण) भएकामा निन्दा गरेका छन् । यस्तो गतिविधिले मस्कोको आक्रमणबाट भएको विनाशको विद्रूपरूपको उजागर गरेको उनको टिप्पणी छ ।

“काखोभका बाँधको विनाशले आज हजारौँ नागरिकलाई जोखिममा पारेको छ र गम्भीर वातावरणीय क्षति पुर्याएको छ । यो एक अपमानजनक कार्य हो, यसले युक्रेनमा रुसको युद्धको क्रूरतालाई फेरि एक पटक छताछुल्ल पारेको छ,” स्टोलटेनबर्गले ट्विटरमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  ९ : २७ बजे