गलत सूचनाका कारण अमेरिकी भविष्यको बारेमा ह्वाइट हाउसका पूर्व प्रमुख सल्लाहकारको चिन्ता



लस एन्जलस । ह्वाइट हाउसका पूर्व प्रमुख चिकित्सा सल्लाहकार एन्थोनी फौसीले “असत्यको सामान्यीकरण”का कारण संयुक्त राज्य अमेरिकाको भविष्यबारे चिन्तित भएको उल्लेख गरेका छन् ।

द हिलको फ्यूचर अफ हेल्थ केयर समिटलाई सम्बोधन गर्नेक्रममा फौसीलाई सन् २०२४ को चुनावमा देशको बारेमा सोधिएको प्रश्नको जवाफमा उनको सो धारणा आएको हो ।

“म देशको बारेमा धेरै चिन्तित छु किनकि हामीले के देखिरहेका छौं र मलाई लागिरहेको छ – हामी एक युगमा छौं, जसलाई म असत्यको सामान्यीकरण भन्छु,” फौसीले भने ।
“त्यहाँ धेरै गलत व्याख्यान छन् जसले चिन्ता बढाएका छन्,” उनले बने ।

फौसीले अमेरिकी राष्ट्रपति जो बाइडेनको शीर्ष चिकित्सा सल्लाहकार र अमेरिकी राष्ट्रिय एलर्जी र सङ्क्रमण संस्थानको निर्देशकको रूपमा काम गर्नु भएको छ ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  २ : ५२ बजे