बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव सी चिन फिङले सोमबार चिनियाँ कम्युनिष्ट युथ लिग अफ चाइना (सीवाईएलसी) को नयाँ नेतृत्वलाई आफ्नो मिशन र कार्यहरू गम्भीरतापूर्वक पूरा गर्न आह्वान गरेका छन्।
नयाँ युगमा सीपीसी द्वारा सुम्पिएको यस कार्यभारलाई नयाँ नेतृत्वले सफलतापूर्वक सम्पन्न गर्न उनले आग्रह गरेका छन् ।
चिनियाँ राष्ट्रपति तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले नवनिर्वाचित सदस्यहरूसँगको भेटमा उक्त टिप्पणी गरेका हुन् ।
प्रतिक्रिया