काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सोधेको स्पष्टीकरणको जवाफ नदिने बताएका छन् । उनले बरु परेको सामना गर्ने जवाफ दिएका छन् ।
सोमबार किरातीले महानिर्देशक अधिकारीलाई ९ बुँदे स्पष्टीकरण सोध्ने निर्णय गरेका थिए । अति गोप्य भनि अधिकारीलाई सोधिएको स्पष्टीकरण सामाजिक सञ्जालमा मन्त्रीले सार्वजनिक गरेकाले आफूले जवाफ नदिने बताएका हुन् ।
‘म परेको सबै फेस गर्छु, तर स्पष्टीकरण दिन्नँ,’ महानिर्देशक अधिकारीले भनेका छन्,‘राष्ट्रिय सुरक्षामा नै गम्भीर असर पर्ने खालका सूचना चुहिने गरी मन्त्रीज्यूले पत्र सामाजिक सञ्जालमा राख्नुभएको छ, यो सही छैन ।’





प्रतिक्रिया