फिलिपिन्समा पर्यटक आगमनमा वृद्धि



मनिला । फिलिपिन्स भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । यो वर्षका प्रथम छ महिनामा सबैभन्दा धेरै कोरियाली पर्यटकले फिलिपिन्सको भ्रमण गरेका तथ्याङ्कले देखाएको छ ।

फिलिपिन्सको पर्यटन विभागका अनुसार छ महिनमा कोरियाबाट छ लाख ७३ हजार आठ सय ४१ पर्यटकको आगमन भएको छभने अमेरिकाबाट पाँच लाख १६ हजार तीन सय १८ जना पाहुना आएका छन् ।

अष्ट्रेलियाबाट एक लाख २९ हजार सात सय पाँच जना, जापानबाट एक लाख २८ हजार ८१, क्यानडाबाट एक लाख २४ हजार पाँच सय १० र चीनबाट एक लाख १४ हजार छ सय ६३ जना पर्यटकले फिलिपिन्स भ्रमण गरेका विभागले जनाएको छ ।

गत महिना फिलिपिन्स सरकारले विद्युतीय प्रवेशाज्ञा जारी गर्ने घोषणा गरेसँगै पछिल्ला दिनमा पर्यटक आगमनमा वृद्धि भएको छ । हालसम्म २५ लाखभन्दा बढी विदेशी पर्यटकलाई फिलिपिन्समा स्वागत गरिएको प्रतिनिधिसभाका सदस्य एवम् पर्यटन समितिका उपाध्यक्ष मार्भिन रिलोले बताएका छन् ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  १ : ५१ बजे