‘सिपेक सफल एवम् परिवर्तनकारी परियोजनाको बनेको छ’



इस्लामाबाद । चीन–पाकिस्तान आर्थिक करिडोर (सिपेक) आफ्नो देशको लागि सबैभन्दा सफल र परिवर्तनकारी परियोजना साबित भएको उल्लेख गर्दै एक जना उच्च पाकिस्तानी अधिकारीले त्यसबाट क्षेत्रीय सम्पर्क विस्तारका साथै आर्थिक समृद्धिको नयाँ युगको सुरुवात भएको बताएका छन् ।

इस्लामावाद नीति अनुसन्धान संस्थानद्वारा ‘चीन–पाकिस्तान आर्थिक करिडोरः क्षेत्रीय सम्पर्क सञ्जालका लागि प्रवेशद्वार’ विषयमा आयोजित कार्यशालामा पाकिस्तानका योजना विकासमन्त्री अहसान इकबालले सिपेकका कारण देशमा परिवर्तनकारी प्रभाव परेको बताए । उनले परियोजना सुरु भएको तीन वर्षमा पाकिस्तानमा सर्वाधिक प्रत्यक्ष विदेशी लगानी चीनबाट प्राप्त भएको बताए ।

अर्बौं डलरको परियोजना कार्यान्वयन गरेर चीन पाकिस्तानको प्रमुख आर्थिक साझेदार बनेको मन्त्री इकबालले बताए । सिपेकलाई पाकिस्तानका निम्ति कायापलट गर्ने परियोजनाका रूपमा व्याख्या गर्दै उनले परियोजनाबाट ऊर्जा अभाव हटाउन तथा सडक र रेल पूर्वाधार स्थापनामा मद्दत पुगेको बताए ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ११ : ४५ बजे